नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा विराटनगरमा मसी छ्याप्ने व्यक्ति नेपाल विद्यार्थी संघका नेता भएको खुलेको छ।
नेविसंघका कन्द्रीय अध्यक्षा दुजाङ शेर्पाले बस्तेत सवार गाडीमा रातो मसी छ्याप्ने व्यक्तिलाई कारबाही गर्ने पनि बताएका छन्।
रातो मसी छ्याप्ने विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम कांग्रेस निकट नेविसंघमा आवद्ध विद्यार्थी भएको खुलेको हो।
अध्यक्ष शेर्पाले फेसबुकमार्फत उनीहरूमाथि कारबाही गर्ने बताएका हुन्।
'नेकपा एमाले र अखिलसँग हम्रो सय विमतिहरू छन्। लोकतन्त्रमा विरोध सबैको अधिकार हो। तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन,' शेर्पाले भनेका छन्, 'संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ।’
आइतबार युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा बस्नेत सावरी गाडीमा रातो मसी फ्याँकिएको थियो ।
उनीहरूले आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको बस्नेत सवार कारमा सडक रातो मसी प्रहार गरेका थिए।
Shares

प्रतिक्रिया