राजनीति


महेश बस्नेत चढेको गाडीमाथि विराटनगरमा मसी प्रहार

महेश बस्नेत चढेको गाडीमाथि विराटनगरमा मसी प्रहार

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १२:२, काठमाडौँ

नेकपा (एमाले) नेता महेश बस्नेत चढेको गाडीमाथि विराटनगरमा एक युवाले मसी छ्यापेका छन्। बस्नेतको गाडी गुडिरहेका बेला अचानक एक युवक दौडेर आई गाडीमा मसी फयाँकेका थिए। 

काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै सुनसरीको कार्यक्रममा सहभागी हुन जाने क्रममा उनलाई विमानस्थलअगाडि मसी भरिएको लोला प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन। 

लोला प्रहार गर्ने क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा वर्ष १९ को अर्पित कुँवर र वर्ष २५ को संजोग गौतम रहेको प्रहरीले जनाएको छ।

बस्नेतले आफूमाथि मसी प्रहार गर्ने घटनाप्रति आपत्ति जनाएका छन्। त्यसबारे बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै त्यसलाई ‘गम्भीर र निन्दनीय’ भनेका छन्। 

लोकतन्त्रमा विरोध-प्रदर्शनको मर्यादा हुने उल्लेख गर्दै शान्तिपूर्ण रूपमा सभा-जुलुस गर्ने तथा देशभर स्वतन्त्र रूपमा आउजाउ गर्ने हक सबै नागरिकको अधिकार भएको स्मरण गराएका छन्। ‘आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन,’ बस्नेतको भनाइ छ।

घटनापछि प्रहरीले देखाएको तत्परताप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन्। ‘हिंसा होइन-विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत नै देश अगाडि बढ्छ,’ बस्नेतले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad