एनएमबी बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्तावमा निर्णय गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो।
यसअनुसार आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय विवरणअनुसारको वितरणयोग्य रकमबाट सेयरधनीले कुल १० प्रतिशत लाभांश पाउनेछन्।
त्यसअघि राष्ट्र बैंकबाट स्वीकृति पाउनुपर्नेछ भने आगामी साधारणसभाले त्यसलाई पारित गर्नुपर्नेछ।
बैंकको हालको सेयर चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय ५९ रुपैयाँ छ। यसअनुसार बैंकले १ अर्ब ८३ करोड ६६ लाख ७० हजार ५ सय ९५ रुपैयाँको लाभांश वितरण गर्नेछ।
39
Shares

प्रतिक्रिया