लामो समय बसेर पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको महाधिवेशनबारे ठोस निर्णय गर्न असफल बनेको छ। शनिबार सानेपामा समापन भएको बैठकले यसबारे कुनै निर्णय लिन नसकेको महामन्त्री गगन थापाले बताए।
यद्यपि, विशेष महाधिवेशनमा जानै पर्ने जोड थापाको छ। उनले नयाँ नेतृत्वले नै नयाँ नीतिका साथ अघि बढाउन सक्ने जिकिर गरे।
‘यो अधिवेशन निर्वाचनअघि अनिवार्य गर्नैपर्छ। आवधिक अधिवेशन गर्नुपर्छ। अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो। मंसिरको २७, २८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ,’ थापाले थपे।
72
Shares

प्रतिक्रिया