राजनीति


महाधिवेशनका लागि एमालेले बनायो ११ उपसमिति

महाधिवेशनका लागि एमालेले बनायो ११ उपसमिति

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार २१:३९, काठमाडौँ

नेकपा एमालेले एघारौं महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमितिहरू गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले उपसमितिहरू गठन गरेको हो।

एमालेले गठन गरेका उपसमितिहरूमा प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, यातायात व्यवस्थापन, अतिथि सत्कार, स्वयंसेवक परिचालन, प्रचार, मञ्च व्यवस्थापन, स्वास्थ्य र आर्थिक उपसमिति छन्।

उपसमितिमा समितिमा एक जना संयोजक र एक जना सचिव तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमालेको एघारौं महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदै छ।

यी हुन् उपसमिति

१) प्रतिनिधि व्यवस्थापन समिति
संयोजक: काशीनाथ अधिकारी
सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति
संयोजक: प्रदीप ज्ञवाली
 सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति
संयोजक: छविलाल विश्वकर्मा
सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति
संयोजक: लेखाराज भट्ट
सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति
संयोजक: गोकर्ण विष्ट
सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति
संयोजक: रघुवीर महासेठ
सचिव: महेश बर्तौला

७) स्वयंसेवक परिचालन समिति
संयोजक: भानुभक्त ढकाल
सचिव: विनोद पाण्डे

८) प्रचार समिति
संयोजक: पद्मा अर्याल
सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति
संयोजक: विनोद श्रेष्ठ
सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति
संयोजक: कृष्ण गोपाल श्रेष्ठ
सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति
संयोजक: विष्णु रिमाल
सचिव: विना श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad