राजनीति


एमालेको ‘नेसनल भोलेन्टिएर फोर्स’को संयोजक बन्दै पुष्पराज श्रेष्ठ

एमालेको ‘नेसनल भोलेन्टिएर फोर्स’को संयोजक बन्दै पुष्पराज श्रेष्ठ

नेपालखबर
मंसिर ३, २०८२ बुधबार ९:४५, काठमाडौँ

नेकपा एमालेले घोषणा गर्न लागेको नेसनल भोलेन्टिएर फोर्सको संयोजक युवा संघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठ हुने भएका छन्। श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य पनि हुन्।

युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार यही मंसिर ५ गते माइतीघरस्थित कार्की ब्याङक्वेटमा सभा गरेर नेसनल भोलेन्टिएर फोर्स घोषणा गरिँदै छ। 

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने उनले जानकारी दिए। 

भोलेन्टिएर फोर्स गठनका लागि एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले १५ दिनअघि गुण्डुमा भेला गरी पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनाएका थिए। 

९ सदस्यीय कार्यदलले विधान, लोगो, झन्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित छलफल गरेर नेसनल भोलेन्टिएर फोर्स गठन गर्न लागेको हो। 

त्यसको संयोजक बन्न लागेका युवा संघका पूर्वउपाध्यक्ष श्रेष्ठ महेश बस्नेतका विश्वासपात्र मानिन्छन्। 

श्रेष्ठ एमाले बागमती प्रदेश कमिटीका सदस्य पनि हुन्।

श्रेष्ठले नै केपी शर्मा ओली र महेश बस्नेतको सुरक्षामा गुण्डुमा दैनिक सयौँको संख्यामा युवा परिचालन गरिरहेको एमाले स्रोतले जनाएको छ। 

अब यो फोर्ससमेत नेकपा एमालेका जनसंगठनको संख्या २४ हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad