राजनीति


अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया पदमुक्त, दीपक धामी बने नयाँ अध्यक्ष

अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया पदमुक्त, दीपक धामी बने नयाँ अध्यक्ष

नेपालखबर
मंसिर १, २०८२ सोमबार १५:३७, काठमाडौँ

नेकपा एमालेको विद्यार्थी संवगठन (अनेरास्ववियु)का अध्यक्ष सुजन कडरिया पदमुक्त भएका छन्। 

जेनजी आन्दोलनका बेला पद त्यागेको घोषणा गरेका उनी आन्दोलन सकिएपछि पुनः त्यही पदमा फर्किन खोजेपछि अनेरास्ववियुमा विवाद भएको थियो। 

विवादकाबीच सोमबार बसेको पदाधिकारी बैठकले उनलाई हटाएर महासचिव रहेका दीपक धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले नेपालखबरलाई जानकारी दिए पदाधिकारीको निर्णय अनुमोदन गराउन ४ गते सचिवालय बैठक समेत राखिएको उनले बताए। 

कडरियाले भने आफूले राजीनामा दिएको र त्यसलाई बैठकले स्वीकृत गरिदिएको भन्दै फेसबुकमार्फत धन्यवाद व्यक्त गरेका छन्। ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु।’

राजीनामा दिइसकेको व्यक्तिलाई पुनः अध्यक्षमा स्वीकार गर्न नसकिने भन्दै अनेरास्ववियूमा लामो समयदेखि विवाद चलिरहेको थियो। 

अन्ततः अनेरास्ववियुको पदाधिकारी बैठकबाट त्यसको निरुपण गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad