राजनीति


एमालेले आज सबै जिल्लामा जनसभा गर्दै

एमालेले आज सबै जिल्लामा जनसभा गर्दै

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ९:२६, काठमाडौँ

नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशका सबै जिल्लामा जनसभा गर्दै छ।

प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा जनसभा गर्न लागेको जनाएको छ। सबै जिल्लाका सदरमुकाम वा ठूला शहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। 

यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएको एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। जनसभाको संयोजनका लागि सबै जिल्ला इन्चार्जलाई आ-आफ्नो क्षेत्रमा खटाइएको छ। 

जनसभाका लागि एमाले महासचिव शंकर पोखरेल नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, सचिव छविलाल विश्वकर्माले रुपन्देही र सचिव पद्मा अर्यालले बिर्तामोडमा जनसभालाई सम्बोधन गर्ने एमालेले जनाएको छ। 

जनसभामा एमालेले तीन वटा मुद्दा उठाएको छ। पहिलो, संसद् पुनःस्थापना भनेको छ। दोस्रो, जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका अपराधिक घटनाको छानबिन गर्नुपर्ने माग गरेको छ। तेस्रो, जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने एमालेको मत छ। 

यसअघि एमालेले कात्तिक २२ गते वडा भेला गरेको थियो। त्यसपछि कात्तिक २५ गते सबै स्थानीय तहमा प्रदर्शन तथा र्‍याली निकालेको थियो। 

एमालेले आज सबै जिल्लामा जनसभा गर्न लागेको हो। जनपरिचालन कार्यक्रम अन्तर्गत मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने भएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad