राजनीति


प्रधानमन्त्रीको आग्रहमा मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप्ने तयारी

प्रधानमन्त्रीको आग्रहमा मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप्ने तयारी

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १६:२०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप्ने तयारी गरेको छ। 

मतदाता नामावलीमा दर्तमा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री कार्कीले म्याद थपका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन कुराकानी गरेकी थिइन्। 

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले भने, 'प्रधानमन्त्री र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच टेलिफोन कुराकानी भयो। उहाँहरूबीच मतदाता नामावलीमा नाम दर्ताको समय थप्ने विषयमा कुरा भएको हो।'

प्रधानमन्त्रीको आग्रहपछि भण्डारीले ५ दिनसम्म समय थप्न सकिने विषयमा सकारात्मक जवाफ दिएका थिए।  

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाटै नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन्। त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad