राजनीति


जेनजीका सपना बाहिर जाने छुट कसैलाई छैन, चुनावबाटै अबको हल खोजौंः गृहमन्त्री

जेनजीका सपना बाहिर जाने छुट कसैलाई छैन, चुनावबाटै अबको हल खोजौंः गृहमन्त्री

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १७:१, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको रगत र कयौं युवा शहिदहरुको सपनाभन्दा बाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन्।   

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा मन्त्री अर्यालले कुनै पनि हालतमा कोही कसैलाई अहिले जेनजी युवा वर्ग र जनताले चाहेको परिवर्तनको जनभावना विपरित जाने छुट नभएकोले सबैले वार्ता, सहमति र चुनावबाटै अबको हल खोजिनु पर्ने बताए। 

सरकारले दण्डहीनतालाई कहिल्यै पनि प्रसय नदिने कुरा बताउँदै, मन्त्री अर्यालले राष्ट्रिय र निजी सम्पत्तिमा क्षती भएकोबारे कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले पनि हेरिरहेको र यसमा सरकारले ‘व्ल्याङ्केट अप्रो’ (नजरअन्दाज) नगरी काम गरिरहेको पनि समिति समक्ष जानकारी दिए।      
 
‘जेनजीको रगत सडकमा बग्नुका कारण सुशासन लागि नै हो, यो सरकार सुशासनको मामलामा अत्यन्तै सजक रहन्छ र हामी यसलाई सम्बोधन गरेरै जान्छौं,’ मन्त्री अर्यालले भने, ‘जेनजी सहिदहरुको सपनाभन्दा बाहिर जाने छुट हामीलाई छैन र देशमा उनीहरूले देखेको सुशासन, भ्रष्टाचार अन्त्यका सपना नै यो आन्दोलन हुनुको मुख्य कारण हो।’ 

समितिमा उठेका प्रश्नहरूको उत्तर दिँदै मन्त्री अर्यालले भने, ‘प्रहरीको मनोबल उच्च राख्न उनीहरूले गर्न र लिन खोजेको निर्णयमा हस्तक्षेप नगरे मात्रै पनि प्रहरी संगठनको मनोबल स्वतः उच्च हुन्छ।’ 

आगामी निर्वाचनमा सुरक्षा निकायलाई आवश्यक बन्दो बस्तीका सामग्रीको कमी हुन नदिन र आवश्यक आर्थिक श्रोत जुटाउन विभिन्न निकायहरूसँग समन्वय भइरहेको पनि मन्त्री अर्यालले समितिलाई बताए।

अर्को प्रसङ्गमा मन्त्री अर्यालले भने, दलहरूसँग सरकार नकारात्मक हुनै सक्दैन, वार्ता र छलफल विभिन्न तहमा आगामी समयमा हुने नै छ।’   

आजको बैठकमा समितिका अधिकांश सदस्यहरूले चुनाव तोकिएकै मितिमै हुने कुरा, प्रहरीहरूको खस्किएको मनोबल, देशमा शान्ति सुरक्षा र भयको वातारण नभएको जस्ता जिज्ञासा प्रस्तुत गरेका थिए।
समिति सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको बैठकले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीहरुको मनोवल उच्च बनाउँदै आन्दोलनका क्रममा लुटिएका हातहतियार र आपराधिक क्रियाकलापमा लागेकाहरूलाई कानुनी दायरमा ल्याउन र मुलुकमा भयरहित वातावरण निर्माण गर्न समितिले सरकारलाई निर्देशन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad