गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रातिदेखि कार्यकाल सकिएर सेवानिवृत्त हुन लागेका आईजीपी चन्द्रकुबेर खापुङलाई बिदाइ गरेका छन्। गृहमन्त्रालयमा एक कार्यक्रम गरी अर्यालले खापुङको बिदाइ गरेका हुन्।
उनले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटो समय रहँदा पनि प्रहरीको मनोबल उच्च बनाउने काम गरेको भन्दै प्रशंशा गरे।
३० वर्षीय अनिवार्य सेवा पश्चात् बिदा हुन लागेका खापुङलाई सुखद् अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले उनको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई काम लाग्ने बताए।
111
Shares

प्रतिक्रिया