राजनीति


सञ्चारमन्त्रीद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन

सञ्चारमन्त्रीद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार २१:३२, काठमाडौँ

डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उदेश्यले सरकारले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको हो। राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मारेको बताए।

सञ्चारमन्त्री खरेले एआइ केन्द्रको स्थापनासँगै नेपाललाई डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश गएको उल्लेख गरे।

उनले भने, ‘एआई केन्द्रको यो सुरुवात हो, यसलाई निरन्तर रुपमा अगाडिा बढाउछौँ, एआई नीति आइसकेको छ, एआई काउन्सिल पनि गठन भइसकेको छ। आजकै दिनदेखि एआई केन्द्रले आफ्नो कार्य प्रारम्भ गर्नेछ। जिडिटल नेपाल र डिजिटल ट्रान्सफरमेनबाटोमा नेपाल अघि बढेको सन्देस दिइएको छ।’

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवद्र्धनको सन्दमा एआईले जोड्ने विश्वास व्यक्त गरे। सूचना प्रविधि केन्द्रले सार्वजनिक तथा निजी क्षेत्रको सेवा प्रवाहलाई डिजिटल माध्यद्धारा छिटो र सहज बनाउन नितीगत पहल गर्ने उनले बताए।

यसका साथै एआईको प्रयोगले कुनैपनि निकायमा जनशक्ति अभावलाई न्युनीकरण गर्न तथा डिजिटल प्लेटफर्ममार्फत प्रवाह हुने गलत सुचनाको सत्य तथ्य पुष्टी गर्न उपयोगी हुने मन्त्रालयको भनाई छ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख सहसचिव आदेश खड्काले सरकारले गत साउनमा एआई सम्बन्धी नीति २०८२ लाई कार्यान्वयनमा ल्याइएसँगै एआई केन्द्रको स्थापना गरिएको बताए।

उनकाअनुरास एआई काउन्सील गठन भएको र एआई नीति आइसकेको अवस्थामा नेपाललाई डिजिटल युगमा अगाडि बढाएको छ। यसले नेपालका सार्वजनिक तथा निजी क्षेत्रलाई एआई प्रयोगका लागि नितीगत कार्य गर्ने छ।

सूचना प्रविधिविज्ञ गौरव पाण्डेले एआई केन्द्र स्थापनाले निजी क्षेत्रलाई एआई प्रयोगमा लगानी र सहभागी गराउन उत्साहित बनाउने विश्वास व्यक्त गरे।

केन्द्रले एआईको माध्यमद्धारा सेवा प्रवाह गर्न चाहने निजी क्षेत्रलाई नीतिगत कामका लागि सहजीकरण गरी दिने, तथा एआई सम्बन्धी कार्यक्रम निर्माणलाई प्रोत्सान दिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad