राजनीति


आयोजक समितिको बैठकअघि प्रज्ञा भवनमा माओवादी सचिवालय बैठक

आयोजक समितिको बैठकअघि प्रज्ञा भवनमा माओवादी सचिवालय बैठक

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १४:१, काठमाडौँ

भोलि (बुधबार) हुन लागेको नौवटा वाम दलबीचको एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। 

दिउँसो १ बजेदेखि  नै प्रज्ञा भवन कमलादीमा बैठक बस्ने तय भए पनि अझै बैठक सुरु हुन सकेको छैन। 

आयोजक समितिको बैठकअघि अहिले प्रज्ञा भवनमै माओवादीको सचिवालयको बैठक बसिरहेको एक नेताले जानकारी दिए। उनले सचिवालयको बैठक सकिएलगत्तै आयोजक समितिको बैठक सुरु हुने बताए। 

आयाेजक समितकाे बैठकका लागि नेताहरू प्रज्ञा भवनमा पुग्ने क्रम अहिले जारी छ।

माओवादीको आजको बैठकमा नेताहरूलाई बोल्ने समय भने छुट्याइको छैन। बैठक आजै सक्ने तयारी रहेकाे नेता लीलामणि पाेख्रेलले जानकारी दिए। 

माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र तीव्र विवाद छ। माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका नेता झलनाथ खनालसहितले एकताप्रति असहमती जनाउँदै आएका छन्। 

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाएका नेता शर्माले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad