राजनीति


इतर समूहलाई काउन्टर दिँदै कांग्रेस संस्थापन समूहको प्रस्ताव: १५औं महाधिवेशन वैशाख २५ मा

इतर समूहलाई काउन्टर दिँदै कांग्रेस संस्थापन समूहको प्रस्ताव: १५औं महाधिवेशन वैशाख २५ मा

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १९:३०, काठमाडौँ

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदो छ। भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा थप उपचारका लागि विदेश गइसकेका छन्। देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।  

कांग्रेसभित्र अहिले दुई विषयमा विवाद र बहस चर्किएको छ। एक फागुन २१ को निर्वाचनभन्दा अघि नै महाधिवेशन र अर्को चुनावपछि महाधिवेशन। 

खास गरी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूले मंसिरमा नसकिने अवस्थामा पुसमा सम्पन्न गर्न सकिने प्रस्ताव गरेका छन्। उनीहरूले नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनको तालिका पनि जारी केन्द्रीय कार्यसमितिमै पेस हुनुपर्ने अडान लिएका छन्।  

यस अडानमा खासगरी महामन्त्री थापा टसमस नभएपछि कार्यवाहक सभापत‍ि खड्का सहमतिका लागि प्रयासरत देखिए। तर उनले आफ्नो समूहको भेला डाकेर फागुन २१ पछि मात्रै १४औं महाधिवेशन गर्नुपर्ने निर्णय नै गराइसकेका छन्।  

सोमबारमात्रै संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला काठमाडौँमा थियो। काठमाडौँको आनन्दभूमि बैंक्वेटमा बसेको भेलाले पार्टीको १५औं महाधिवेशनको लागि नयाँ मिति प्रस्ताव गर्ने निर्णय गरेको छ। 

केन्द्रीय सदस्य गुरु बरालका अनुसार आजको भेलाले ७ वटा निर्णय गरेको छ। 'प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको  १५औँ केन्द्रीय महाधिवेशन वैशाख २५, २६, २७ र २८ गते गर्ने,' उनले भने, 'समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू पार्टीका वर्तमान र पूर्वपदाधिकारीबाहेक हालसम्म कुनै अवसर नपाएकाहरूमध्येबाट बनाइनुपर्ने निर्णय बैठकले गरेको छ।' 

यो प्रस्ताव जारी केन्द्रीय समितिमा पेस गरिने उनको भनाइ छ।  

यस्ता छन् ७ प्रस्ताव 

१) घोषणा भएको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी तहलाई सक्रिय रहन आह्वान गर्ने
२) पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नुपर्ने। सम्पूर्ण तहमा घरदैलो अभियान संन्चालन गर्दै निर्वाचनको लागि जागरण अभियान संन्चालन गर्दै संगठनलाई तयार पार्ने। साथै प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकको उमेदवारी सिफारिस गर्ने र राष्ट्रिय सभाको उमेदवार पनि सिफारिस गर्ने।
३)- प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५ औँ केन्द्रीय महाधिवेशन २५, २६, २७ र २८ गते वैशाखमा गर्ने 
४)  समानुपातिक र राष्ट्रीय सभा सदस्यका उम्मेदवारहरू पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरू बाहेक हालसम्म कुनै अवसर नपाएकाहरू मध्ये बाट बनाइनुपर्ने पर्ने।
५)केन्द्रीय कार्यसम्पादन समिति र संस‌दीय समितिमा अवसर नपाएका युवाहरु मध्येबाट उचित प्रतिनिधित्व गराउने।
६)कृयाशील सदस्यता छानबिन समिति तुरुन्त बनाउने 
७)विधान संसोधन समिति बनाउने 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad