सातै प्रदेशका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछिन्। प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार उक्त छलफलमा सहभागी हुन मुख्यमन्त्रीहरू बालुवाटार पुगिसकेका छन्।
परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउनका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेको उनको भनाइ छ।
बैठकमा संघ र प्रदेशबीचको सम्बन्ध, संवाद आदानप्रदान, परिवर्तित परिस्थितिमा सकारकारका काम काहबाहीलाई कसरी प्रभावकारी बनाउने, निर्वाचनको वातावरण निर्माण, शान्ति सुरक्षा, सरकारको मितव्ययी नीति जस्ता विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकमा सहभागिताको लागि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई निमन्त्रणा पठाइएको थियो।

प्रतिक्रिया