राजनीति


नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन (तस्बिरहरू)

नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन (तस्बिरहरू)

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १३:४१, काठमाडौँ

नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन भएको छ। आइतबार दिउँसो भएको प्रदर्शनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित पार्टीका युवा कार्यकर्ताहरू सहभागी थिए।

प्रदर्शनकारीहरूले युवाको प्रतिनिधित्व सुनिश्चित गर्न र पार्टीका सबै तहमा ४० वर्ष मुनिका व्यक्तिहरूलाई कम्तीमा ४० प्रतिशत समावेश गर्नुपर्ने माग गरेका छन्। उनीहरूले कांग्रेसभित्र सुधार र रुपान्तरणका एजेन्डा अघि सार्दै ‘कांग्रेस सुधार अभियान’ सञ्चालन गरिरहेको बताए।

कार्यक्रममा बोल्दै नेविसंघका सदस्य भूवन भट्टले नेपाली कांग्रेसलाई समयसापेक्ष रूपमा रुपान्तरण गर्नुपर्ने बताउँदै युवाहरूको परिवर्तनको आकांक्षालाई पार्टीले बेवास्ता गर्न नहुने चेतावनी दिए।

भट्टले भने, ‘मुलुकको नेतृत्व गर्नुपर्ने पार्टी आज आफ्नै आन्तरिक समस्यामा रुमल्लिएको छ। युवाले उठाएको आवाजलाई बेवास्ता गरिए कांग्रेस कमजोर बन्नेछ।’

उनले तत्काल पार्टीको नियमित महाधिवेशन घोषणा गर्न र आम कार्यकर्ताको भावना समेटेर पार्टीलाई सुदृढ दिशातर्फ अघि बढाउन नेतृत्वलाई आग्रह गरे।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad