नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतम माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका छन्। तर, उनले यो एकतालाई नेकपा एमालेसम्म पुर्याउनुपर्नेमा जोड दिए।
शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै गौतमले भने, ‘बुझेर जानुपर्छ। सबै पार्टीहरूसित, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ। अब हामी यहाँबाट अगाडि बढ्छौँ, त्यहाँभित्र विद्रोह हुन्छ।’
‘हामी एक दिन सबै एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर छोड्ने छौँ,’ उनले थपे।
गौतमले आफू पार्टी नेतृत्वबाट जुनसुकै बेला हट्न तयार रहेको भन्दै प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पनि छोड्नुपर्ने उल्लेख गरे।
1.4k
Shares

प्रतिक्रिया