सरकारले कृषि, रक्षा र परराष्ट्र मन्त्रालयका सचिवहरूको विदेश भ्रमण स्वीकृत गरेको छ।
यही काक्तिक १२ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन मन्त्रालयका अलग–अलग देशका लागि भ्रमण स्वीकृत गरेको हो।
आज सार्वजनिक भएका निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा पेरु, शिक्षा सचिव चूडामणि पौडेललाई थाइल्यान्ड र परराष्ट्र सचिव अमृतबहादुर राईलाई बेल्जियममा विभिन्न मिति र कार्यक्रममा सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ।
यस्तै, मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय


144
Shares

प्रतिक्रिया