दलित अभियान्ता खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलान्चोकले ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन्।
उनीविरुद्ध अधिवक्ता मनीषा गौतमले साइबर क्राइमअन्तर्गत मुद्दा दायर गरेकी थिइन्। गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युतीय अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन्।
सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो। सुनार केही दिनअघि सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिससमेत भएका थिए। तर उनीविरुद्ध विभिन्न अभियोगमा अदालतमा मुद्दा दायर भएको समाचार जारी भएपछि उनी मन्त्री बन्न रोकिएका थिए।
Shares

प्रतिक्रिया