राजनीति


सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १८:१७, काठमाडौँ

निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरुसँग सघन रुपमा वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीसँग वार्ता गर्ने भएको छ। 

उक्त प्रयोजनका निम्ति सरकारले बुधबार त्रिपक्षीय बैठक आयोजना गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे हुने बैठकमा सरकार, राजनीतिक दल र जेनज समूहबीच छलफल हुनेछ।
 
यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरुबीच छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए। 

यसबचीमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए। निर्वाचनको तयारी स्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको छ। सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ। आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad