राजनीति


नेताहरूप्रति बालेनको आक्रोश- चिया ‘टाइम’मा रगत पिएर अरुलाई ‘लुसिफर’ भन्छौ?

‘देश एमाले–कांग्रेसले जलाउँछौ दोष बाल बच्चालाई दिन्छौ’
नेताहरूप्रति बालेनको आक्रोश- चिया ‘टाइम’मा रगत पिएर अरुलाई ‘लुसिफर’ भन्छौ?

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १८:३३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रो पोखेका छन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोखेका हुन्। 

उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै व्यंग्य पनि गरेका छन्।  उनले भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै भनेका छन्, 'तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्- यो देश विदेशीले बिगार्‍यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ। अरुलाई एजेन्ट भन्छौ?'

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगोलागी र तोडफोडमा कांग्रेस, एमालेका कार्यकर्ता नै सक्रिय भएको भन्दै उनले दोष बालबच्चालाई दिएको भन्दै आपत्ति जनाए। 

'आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउँछ। काङ्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल बच्चालाई दिन्छौ?,' उनले भनेका छन्, 'चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ? लाज लाग्दैन?'

कांग्रेस, एमालेका केही नेताहरूले बालेनले नै जेनजी आन्दोलनलाई पर्दापछाडि बसेर उचालेको आरोप सार्वजनिक मन्चहरूमा लगाउँदै आएका छन्। यसैलाई लिएर आज उनले त्यसको जवाफ दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad