राजनीति


मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, गजुरेलले सम्हाले जिम्मेवारी

मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, गजुरेलले सम्हाले जिम्मेवारी

नेपालखबर
कात्तिक २, २०८२ आइतबार ११:२३, काठमाडौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्। 

आफूलेर राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। स्वास्थ्यका कारण महासचिवले पद छोडेको र सल्लाहकारमा बस्ने गजुुरेलले बताए। 

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रुपमा अनुुमोदन पनि गरिसकेको उनले बताए।

 पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।

‘स्वास्थ्यको कारणले राजीनामा दिनुु भएको हो, पार्टी छाडेको होइन,’ गजुरेलले भने, ‘उहाँ सल्लाहकारमा बस्नुहुन्छ। अनि महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि रहनुहुन्छ। 

‘म पूर्ण महासचिव भइसकेँ। केन्द्रीय समिति बैठकले नै महासचिवका रुपमा अनुमोदन गरिसकेको छ,’ उनले थपे।

दम, निमोनिया लगायतबाट वैद्य लामो समयदेखि पीडित छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको धेरै पटक उपचार भइसकेको छ। 

२००३ साल जन्मिएका वैद्य २०६९ असार ४ गते एकीकृत नेकपा माओवादी विभाजन गरेर आफ्नै नेतृत्वमा पार्टी बनायता निरन्तर कार्यकारी नेतृत्वमा थिए।

२०४५ सालअघि पनि उनी पार्टी नेतृत्वमा थिए। नेकपा मशालका महामन्त्री रहेका उनले चर्चित सेक्टर काण्डपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व सुम्पिएका थिए। 

विभिन्न घटकसँग एकता भएर नेकपा माओवादी बन्यो। जसले २०५२ फागुन १ गतेदेखि दीर्घकालीन जनयुद्ध थाल्यो। त्यसबेला पनि उनले प्रचण्डलाई राम्रो साथ दिएका थिए। 

शान्तिपूर्ण राजनीतिमा आएर २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले ऐतिहासिक विजयी हासिल गर्‍यो।

वैद्य पनि संविधान सभा सदस्य बने। तर, कार्यकाल बाँकी छँदै उनले राजीनामा दिए। त्यसपछि उनको प्रचण्डसँग दुरी बढ्दै गएको थियो।

०६९ मा पम्फा भुसाल, रामबहादुर थापा, सीपी गजुरेल नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका प्रभावशाली नेतालाई लिएर गएका भए पनि आफ्नो साथमा राख्न सकेनन्। २०७३ जेठ १ गते रामबहादुर थापा, पम्फा भुसाल लगायत नेताले फेरि वैद्यलाई छोडेर प्रचण्डकै पार्टीमा फर्किए। 

त्यसपछि विप्लव लगायतका नेताहरुले समेत उनको साथ छोडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad