राजनीति


एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १९:३८, काठमाडौँ

नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए। उनकाअनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ।

उनले जेन–जी पुस्ताले अघि सारेका मागहरू पुरा गर्न प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए। उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिएको जिकिर गरे।

सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौमको जिकिर छ। 

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनर्स्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad