राजनीति


चुनावबारे आज २९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

चुनावबारे आज २९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १०:४९, काठमाडौँ

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका विषयमा निर्वाचन आयोगले आज (बिहीबार) राजनीतिक दलहरूसँग छलफल गर्दै छ। 

दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

‘यसका लागि हामीले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई पत्र पठाइसकेको छौँ’, उनले नेपालखबरसँग भने, ‘आज उनीहरूलाई अहिलेसम्म निर्वाचनका लागि हामीले गरेका तयारीबारे जानकारी गराउने र उनीहरूबाट सुझाव लिने कार्यक्रम छ।’ 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन्। 

अन्तिरम सरकारको प्रमुख जिम्मेवारी पनि उक्त चुनाव सम्पन्न गराउने हो। यसका लागि निर्वाचन आयोगले तयारी थालिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad