राजनीति


‘प्रधानमन्त्रीको तर्फबाट कुनै परियोजना वा कोषका लागि चन्दा उठाउने कार्यक्रम छैन’

‘प्रधानमन्त्रीको तर्फबाट कुनै परियोजना वा कोषका लागि चन्दा उठाउने कार्यक्रम छैन’

नेपालखबर
असोज २७, २०८२ सोमबार २०:६, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै विभिन्न जिल्ला तथा क्षेत्रहरूमा केही व्यक्ति वा समूहले प्रधानमन्त्रीको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम वा आर्थिक दान माग, सङ्कलन गरिरहेको भन्ने जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा उक्त कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको स्पष्ट पारेको छ।

साथै, यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न पनि आग्रह गरेको छ।

‘यस कार्यालय र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासनरप्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिनु हुन समेत अनुरोध छ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad