अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग छलफल गरेकी छिन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन्। योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषद्सँग छलफल गर्नुभएको हो।
योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरुको अवस्थाका बारेमा जानकारी लिइन्।
60
Shares

प्रतिक्रिया