राजनीति


एआईजी पदस्थापन : कार्यमा चतुरवेदी, श्रेष्ठलाई प्रशासन

एआईजी पदस्थापन : कार्यमा चतुरवेदी, श्रेष्ठलाई प्रशासन

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १६:५१, काठमाडौँ

नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरिएको छ।

मन्त्रिपरिषद् बैठकले बिहीबार बढुवा गर्ने निर्णय गर्दै उनीहरूको पदस्थापन गरेको हो। 

एआईजी उमाप्रसाद चतुरवेदीले कार्य विभागको जिम्मेवारी पाएका छन्। यसअघि कार्य विभागमा कार्यरत सिद्धिविक्रम शाहलाई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो। 

प्रशासन विभागको जिम्मेवारी हिमालय कुमार श्रेष्ठले पाएका छन्। श्रेष्ठ यसअघि डीआईजी हुँदा अख्तियारमा कार्यरत थिए।

शुशील सिंह राठौरलाई अपराध अनुसन्धान विभाग र डम्बरबहादुर विकलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। 

यसअघि रिक्त रहेका एआईजीका सबै पदपुर्ती भएका छन्। मानव स्रोतमा राजन अधिकारी, सीआईबीमा डा. मनोजकुमार केसी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुखमा एआईजी दानबहादुर कार्की छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad