राजनीति


नेपाल प्रहरीका तीन डीआईजीको सरुवा, मधेस र सुदूरपश्चिमका प्रमुख फेरिए

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा, मधेस र सुदूरपश्चिमका प्रमुख फेरिए

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १६:३०, काठमाडौँ

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। शुक्रबार भएको सरुवाको निर्णयसँगै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख हेरफेर भएका छन्।

यी दुवै प्रदेशका प्रमुख एआईजीमा बढुवा भएर पदस्थापन भएसँगै नयाँ डीआईजीलाई खटाइएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी गोविन्द थपलियालाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीआईजी ओमबहादुर राना सरुवा भएका छन्। 

यसअघि मधेशमा उमाप्रसाद चतुरवेदी र सुदूरपश्चिममा डम्बरबहादुर विक कार्यरत थिए। उनीहरू दुवै जना एआईजीमा बढुवा भएका छन्। 

यस्तै प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेको पनि सरुवा गरिएको छ। उनलाई प्रशासन विभाग सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। तर सरुवाको निर्णय भएपनि अझै केही समय घिमिरे प्रवक्ताको जिम्मेवारीमा रहनेछन्। 

चार डीआईजी एआईजीमा बढुवा भएसँगै प्रहरीमा चार डीआईजीको पद रिक्त भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad