प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनि आएका समाचारको खण्डन गरेका छन्।
प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्ति मार्फत खण्डन गर्दै प्रहरी महानिरीक्षक खापुङले कहिँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको दाबी गरेको छ।
प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू र त्यसबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको सचिवालयले उल्लेख गरेको छ।
बैठकमा शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा जानकारी गराइएको छ।

417
Shares

प्रतिक्रिया