ad ad

राजनीति


पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई सरकारले नै अपहरण गरेको दाबी, पत्नी अनभिज्ञ

पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई सरकारले नै अपहरण गरेको दाबी, पत्नी अनभिज्ञ

शैलेन्द्र महतो
बैशाख १०, २०७७ बुधबार १५:३६,

समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई अपहरण गरिएका दाबी गरेको छन्। 

बुधबार साँझ आफ्नो फेसबुकमार्फत पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ः०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ। सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने? यो के हुन लागेको हो ओलीतन्त्रमा?’ 

यता, उनकी श्रीमती रेनु यादवले प्रहरीले पक्राउ गरेको विषयमा आफूलाई केही थाहा नभएको बताइन्।

नेपालखबरसँग कुरा गर्दै उनले भनिन् ‘दिउँसो साढे १२ बजेतिर खान खाएर निस्कनु भो। आज आउन वा नआउन नि सक्छु भन्नूभयो। आफ्नो निजी गाडीमा सुरक्षागर्ड र चालक सहित निस्किनु भएको छ।’

उनी आफ्नै घर महोत्तरीको सम्सी गाउँपालिका ४ गैढाभेटपुरमा बस्दै आएका छन्। यादव फोरमबाट महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .