राजनीति


हाम्रो पार्टीको झन्डा हुने छैन, कारण २ वटा छन् : हर्क साम्पाङ

हाम्रो पार्टीको झन्डा हुने छैन, कारण २ वटा छन् : हर्क साम्पाङ

नेपालखबर
असोज १३, २०८२ सोमबार १३:४३, काठमाडौँ

‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो दलको झन्डा नहुने बताएका छन्। 

पार्टीको झन्डा नराख्नुमा उनले २ कारण रहेको बताएका छन्। 

‘हाम्रो पार्टीको झन्डा रहने छैन। कारण २ वटा छन्’, मेयर साम्पाङले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्,  ‘१. कपडाको नाश गर्न चाहनौँ। गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न। २. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन।’

निर्वाचन आयोगले दल दर्ताका लागि साम्पाङबाट आएको निवेदन अध्ययनकै क्रममा रहेको र दसैँ बिदा सकिएलगत्तै यस विषयमा निर्णय हुने बताएको छ। 

धरानमा खानेपानी अभावलाई मुद्दा बनाएर स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा विजयी साम्पाङले त्यहाँ आफैँ सहभागी भएर श्रमबाटै खानेपानी परिपूर्ति गर्ने प्रयास गरिरहेका छन्। 

देश बनाउन सबैले श्रममा जोड दिनुपर्ने उनले बताउने गरेका छन्। 

जेनजी आन्दोलनबाट कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा अन्तरिम सरकार गठन भइसकेको छ भने प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनाव तोकिएको छ। 

यसै अवसरमा मेयर साम्पाङले पनि पार्टी खोल्न लागेका हुन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad