राजनीति


भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्छ, प्रतिशोध साँध्न पाइँदैनः वरिष्ठ अधिवक्ता भट्टराई

भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्छ, प्रतिशोध साँध्न पाइँदैनः वरिष्ठ अधिवक्ता भट्टराई

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १६:२२, काठमाडौँ

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्नुपर्ने भएपनि प्रतिशोधी राजनीति नगर्न खबरदारी गरेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक दलहरूले आगामी निर्वाचनमा संविधान संशोधनका ठोस एजेन्डा लिएर जानुपर्ने बताए।

‘दुई पटकभन्दा बढी प्रधानमन्त्री भइसकेका नेताहरूलाई पुनः प्रधानमन्त्री बन्न नदिने व्यवस्था संविधानमै राख्नुपर्छ,’ उनले भने।

भट्टराईले सरकारलाई खबरदारी गर्दै कार्यकारी आदेशका नाममा संविधान र कानुन मिचिने काम तत्काल रोक्न माग गरे।

उनले प्रेस स्वतन्त्रता संरक्षण गर्नुपर्ने, संवैधानिक निकायलाई दलको प्रभावमुक्त बनाउनुपर्ने र निर्वाचनलाई नै सुरक्षित निकासका रूपमा अघि बढाउनुपर्ने सुझाव दिएका छन्।

भट्टराईले जेनजी आन्दोलनपछि नागरिक समाजले राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाएर संविधान रक्षा गर्न सुझाएको स्मरण गरे।

उनले संविधानमा देखिएका समस्याबारे चर्चा गर्दै धारा ७४, ७५, ७६, ७७ र १३२ मा ग्रहण लागेको टिप्पणी गरे।

गत भदौ २३–२४ गते जेन–जी युवाहरूले गरेको आन्दोलनपछि सरकार बन्दैदेखि नेपालको संविधानमा ग्रहण लागेको उनको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad