सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका कैदीबन्दीका परिवारबाहेकलाई मात्र १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेललका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय भएको हो।
जेनजी आन्दोलनमा विभिन्न जेलबाट कैदीबन्दी भागेका थिए। उनीहरूलाई रोक्न सेना तथा प्रहरी गोली चलाउँदा १० कैदीबन्दीको ज्यान गएको थियो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउनेक्रममा मन्त्री खरेलले जेलबाट भाग्नेक्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेकका परिवारलाई १० लाखका दरले आर्थिक सहायता, काजकिरिया खर्च, खाना खर्च र यातायात खर्चबापत ५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
'सरकारले भदौ २३ र २४ को प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई १० लाख (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक)रुपैयाँका दरले आर्थिक सहायता, काजकिरया खर्च, खाना खर्च र यातायात खर्चबापत ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय भएको छ' मन्त्रिपरिषद्को निर्णयको सुनाउँदै खरेलले भने।
अहिलेसम्म जेनजी आन्दोलनक्रममा ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ।
Shares

प्रतिक्रिया