प्रधानमन्त्री सुशीला कार्कीले कर्मचारीहरूलाई मनोबल कमजोर पार्ने गतिविधिमा नलाग्न निर्देशन दिएकी छन्।
राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले मनोबल कमजोर पार्ने गतिविधिमा नलागी तोकिएको जिम्मेवारी पूरा गर्न कर्मचारी तथा सबै राष्ट्रसेवकलाई आह्वान गरेकी हुन्।
उनले अहिलेको समय कत्ति पनि खेर नफाली आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि सबै नागरिकमा अपिल गरेकी छन्।
‘जेनजी आन्दोलनले उठाएका आवाजलाई संस्थागत गर्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन्, ‘यस विषम परिस्थितिमा मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवं गतिविधिमा संलग्न नभई आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्न क्रियाशील हुन राष्ट्रसेवक एवं सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछु।’
राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन (लाइभ)
207
Shares

प्रतिक्रिया