नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पुस्तान्तरणको मात्र नभई रुपान्तरणको पक्षमा रहेको बताएका छन्।
बिहबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। जेन–जी पुस्ताले अघि सारेका मागहरुको सम्बोधन गर्दै विगतका आन्दोलनबाट प्राप्त अधिकारहरुलाई संस्थागत गर्ने पक्षमा कांग्रेस बलियोसँग उभिने उनको भनाइ छ। जेन जी बाहेकका पुस्तालाई पनि पार्टीमा गाँस्ने कुरामा कांग्रेसले ध्यान दिने बताए।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले जेनजीको भावनालाई सम्बोधन गरेर उनीहरूको प्रतिनिधित्व बढाउने र उनीहरूको भावना बमोजिम अगाडि बढ्ने कुरा छँदैछ। गर्ने नै हो। जेनजी बाहेकका पुस्तालाई पनि पार्टीमा गाँस्ने कुरामा नेपाली कांग्रेसले ध्यान दिन्छ। त्यसकारण नेपाली कांग्रेस पार्टीले पुस्तान्तरणभन्दा पनि समग्रमा रुपान्तरण गर्छौं। जुन हिसावबाट पनि महाधिवेशन हुँदा रुपान्तरित कांग्रेस बनाउने कुरामा कुनै दुविधा छैन।’
मधेस प्रदेशको विकास लागि नेपाली कांग्रेसले नेतृत्व लिन जरुरी रहेको उल्लेख गर्दै उनले अब मधेसको नेतृत्व नेपाली कांग्रेसले लिने दाबी समेत गरे।
Shares

प्रतिक्रिया