राजनीति


जेनजीले खोजेजस्तो सरकारी संयन्त्र बनाउन प्राथमिकताका साथ लागिरहेका छौँ: कुलमान घिसिङ

आफूले सम्हालिरहेका ३ मन्त्रालयसँग सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन आग्रह
जेनजीले खोजेजस्तो सरकारी संयन्त्र बनाउन प्राथमिकताका साथ लागिरहेका छौँ: कुलमान घिसिङ

नेपालखबर
असोज ९, २०८२ बिहिबार ११:२०, काठमाडौँ

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन्। 

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे जानकारी दिँदै माथिको प्रतिबद्धता व्यक्त गरेका हुन्।  

‘जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ’, उनले भनेका छन्, ‘एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो।’

तीनवटा मन्त्रालयका काम÷कारबाहीको जिम्मेवारीका कारण व्यस्तता रहेकाले नागरिकले खोजेको समयमा भौतिक रूपमा वा फोनमा समेत उपलब्ध हुन नसकेको जानकारी पनि उनले गराएका छन्।

‘तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी वहन गरिरहँदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र, यसै सिलसिलामा यहाँहरूले खोजेको समयमा भौतिक रूपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन’, उनले अगाडि लेखेका छन्, तपाईंलाई आश्वस्त पार्न चाहन्छु- तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउँदछु।’

मन्त्री घिसिङले आफूले सम्हालिरहेका तीन मन्त्रालयसँग कुनै गुनासा, समस्या वा सुझाव भए पठाउन अनुरोध पनि गरेका छन्। यसका लागि यस्तो शैली अपनाउन उनले भनेका छन्। 

१. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/म​हानगरपालिका) र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।

२. सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक सपोर्टिङ कागजात/फोटो भए संलग्न गर्नुहोस्।

३. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा अर्जेन्ट/अत्यन्त जरुरी उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad