नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचन सम्बन्धी कानुन जनताले बुझ्ने भाषामा लेख्ने बताएका छन्।
मंगलबार दिउँसो सिंहदरबारस्थित कानुन मन्त्रालयको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले कानुन निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गरेको बताए।
‘हामीले जसरी पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ, त्यसका लागि आवश्यक पर्ने केही कानुुनी विषय छन्,’ सिन्हाले भने, ‘ती विषयहरुमा केही संशोधन गर्नुपर्ने अवस्था छ। त्यसकारण निर्वाचन गराउनको लागि अध्यादेशमार्फत भएपनि आवश्यक पर्ने कानुन संशोधन गर्छौं। पहिलो निर्णयका रुपमा कानुन निर्माण गर्ने प्रक्रिया, शैली, भाषाको सुधार गरेर नागरिकले स्पष्टसँग बुझ्ने बनाउने पहिलो निर्णय पनि गरेका छौं।’
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
Shares

प्रतिक्रिया