राजनीति


पार्टी छोडेकी सुमनाबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल

पार्टी छोडेकी सुमनाबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल

नेपालखबर
असोज ७, २०८२ मंगलबार १६:२५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठकमा हालै पार्टी छोडेर गएकी सुमना श्रेष्ठबारे छलफल भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सुमना लगायतका ३ जना केन्द्रीय सदस्यबारे छलफल भएको प्रवक्ता मनीष झाले जानकारी दिए। 

‘सुमनाजीका बारेमा आज हाम्रो छलफल पनि भयो,सुमनाजी लगायत ३ जना केन्द्रीय सदस्य, पूर्वमहामन्त्री लगायतबारे हामीले आन्तरिक छलफल ग¥यौँ,’ बैठकबारे जानकारी गराउँदै उनले भने, ‘सुमनाजीका बारेमा अलि केन्द्रित भयौँ। उहाँ पार्टी स्थापना कालको २, ३ महिनापछि जोडिनु भएको थियो। अहिलेसम्म जुन योगदान गर्नुभयो, त्यो प्रति सम्मान छ।’

पार्टीप्रतिको अपेक्षा नमिलेपछि श्रेष्ठले पार्टी छोडेको उनले बताए। ‘यात्रा त्यो ठाउँमा टुंगिन्छ, जहाँ व्यवहार, अपेक्षा मिल्दैन,’ झाले भने, ‘तर, उहाँका सबै अपेक्षाहरु सम्बोधन गर्न नसकिने अवस्था भयो र उहाँले आफ्नो निर्णय लिनुुभयो। आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ। आजको बैठकमा हामी कसैले पनि नकरात्मक टिप्पणी गरेका छैनौँ।’

पार्टीमा अहिलेसम्म गरेको योगदानप्रति पार्टीले आभार व्यक्त गर्ने समेत उनले बताए। ‘उहाँ अर्को देशमा जानु भएको होइन, यही देशमा योगदान गर्नलाई बस्नु भएको छ,’ झाले भने, ‘यही देशमा बस्नुहुन्छ। यही एजेन्डामा काम गर्नुहुन्छ। उहाँको आगामी यात्राको लागि शुभकामना।’

उनका अनुसार बैठकमा केही केन्द्रीय सदस्यले सुुमनालाई पार्टीमा फर्काउन संवाद थाल्नुपर्ने सुझाव दिएको र ठोस निर्णय नभएको जानकारी समेत दिए। ‘पार्टीमा केही साथीहरुले उहाँलाई फर्काउन संवाद गर्ने हो कि, कार्यदल बनाएर छलफल गर्ने हो कि भन्ने कुरा पनि राख्नु भएको छ,’ झाले भने, ‘उहाँले पनि सबै ढोका बन्द भएको भन्नु भएको छैन।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad