राजनीति


गृहमन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

गृहमन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १७:३६, काठमाडौँ

गृह मन्त्रालयले मन्त्रालयलमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।

जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

यो सँगै गृहले मोबाइल नं. ९८५१३६०६०३ मा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउन पनि अनुरोध गरेको छ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारमा अधिवक्ता ओमप्रकाश अर्यालले गृह मन्त्रालय सम्हालेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad