समाज


आगजनीले ध्वस्त सिंहदरबारभित्रका सवारीसाधनको व्यवस्थापन थालियो

आगजनीले ध्वस्त सिंहदरबारभित्रका सवारीसाधनको व्यवस्थापन थालियो

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १३:४५, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएको आगजनीकारण जलेर काम नलाग्ने भएका सवारीसाधनको व्यवस्थापन सुरु भएको छ।  

अन्तरिम सरकारले सिंहदरबारभित्र जेनजी आन्दोलनकारीले जलाएका सवारीसाधनहरूको व्यवस्थापन सुरु गरेको हो।  

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पतीमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए। 

आगजनी भएका सवारीसाधनहरू नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, टेकु र कपनमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad