प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन कुराकानी गरेकी थिइन्।
उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्। कुराकानीका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो।
प्रधानमन्त्री भएपछि कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको वार्ता हो। टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’
उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,'साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।'
Shares

प्रतिक्रिया