आज पनि सुनचाँदीकै मूल्य घटेको छ। हिजो घटेको सुनचाँदीकै मूल्य आज पनि घटेको हो।
सुनको मूल्य आज तोलाको नौसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य तोलाको एक हजार रुपैयाँ घटेको थियो। त्यसअघि गएको सोमबार र मंगलबार सुनको मूल्य लगातार बढेको थियो।
मंगलबार प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला ३० रुपैयाँ घटेर चाँदीको मूल्य आज दुई हजार पाँचसय २० रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्य तोलाको दुई हजार पाँचसय ५० रुपैयाँ थियो।
3.3k
Shares

प्रतिक्रिया