राजनीति


खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको हर्क साम्पाङको दाबी

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएको हर्क साम्पाङको दाबी

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार ७:९, काठमाडौँ

धरान उपमहानगरपालिकाका प्रमुख  (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन भनेको तर आफूले अस्वीकार गरेको दाबी गरेका छन्।

प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।

यसैबीच आफूलाई साह्रै खिसीटिउरी गरिएपछि उनले खानेपानी र श्रममन्त्री त बन्न भनेको तर आफू नमानेको दाबी गरेका हुन्।

‘मलाई पदको लोभी भन्नेहरूलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ! खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिंदा पनि छोडेर नलिएको मान्छे हुँ म! भारतीय दूतावास जानुपर्ने भनेपछि म हच्किएँ! पछि थाहा हुन्छ विरोधी हो- हर्क साम्पाङ को हो भन्ने!’

हेर्नुहोस्, फेसबुक स्टाटस:

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad