राजनीति


चुनाव भएपछि संविधान क्रियाशील हुनेछ : मीनेन्द्र रिजाल

चुनाव भएपछि संविधान क्रियाशील हुनेछ : मीनेन्द्र रिजाल

नेपालखबर
भदौ २९, २०८२ आइतबार ६:४३, काठमाडौँ

नेपाली कांग्रेसका नेता मीनेन्द्र  रिजालले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि संविधान फेरि पूर्ण रूपमा क्रियाशील हुने बताएका छन्।

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेका छन्।

प्रमुख राजनीतिक दलहरूले यसलाई असंवैधानिक भन्दै संविधानप्रति चिन्ता प्रकट गरिरहेका छन्।

तर तिनैमध्ये एक कांग्रेसका नेता रिजालले भने राष्ट्रपतिको निर्णयले मुलुकले त्राण पाएको बताउँदै अब चुनाव गराउन सहयोग गर्नुपर्ने धारणा राखेका हुन्।

'राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ। प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो। निर्वाचन सम्पन्न भएसँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पूर्ण रूपमा क्रियाशील हुनेछ', रिजालले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad