राजनीति


प्रधानमन्त्री कार्कीलाई राष्ट्र संघको बधाइ, प्रधानसेनापति र जेनजेडको पनि प्रशंसा

प्रधानमन्त्री कार्कीलाई राष्ट्र संघको बधाइ, प्रधानसेनापति र जेनजेडको पनि प्रशंसा

नेपालखबर
भदौ २८, २०८२ शनिबार १:३९, काठमाडौँ

संयुक्त राष्ट्र संघले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति खुसी व्यक्त गर्दै नेपाली जनतालाई बधाइ दिएको छ।

राष्ट्र संघको नेपालस्थित आवासीय समन्वयकर्ता हान्ना सिंगर हाम्डीले एक सन्देश जारी गरी यस संवेदनशील समयमा मुलुकको नेतृत्व ग्रहण गर्न पुगेकामा कार्कीलाई सफलताको शुभकामना पनि दिएकी छन्।

उनले यस संक्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल, र जेनजेड युवा नेताहरूले महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा पनि गरेकी छन्।

‘नेपालका जनताको स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फको यात्राको लागि संयुक्त राष्ट्र संघ सरकारसँग संयुक्त राष्ट्र संघको टोलीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको’ विज्ञप्तिमा उल्लेख छ। 

पूरा विज्ञप्ति
१२ सेप्टेम्बर २०२५, काठमाडौं

नेपालमा संयुक्त राष्ट्रसंघको तर्फबाट, माननीय सुशीला कार्कीज्यू प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा नेपालका जनताहरूलाई हार्दिक बधाई दिन चाहन्छु।

यस निर्णायक क्षणमा, नेपालका जनताहरूको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिका आकांक्षामा संयुक्त राष्ट्रसंघ नेपाली जनतासँगै छ।

माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति जनरल अशोक सिग्देल, र जेन–जेड युवानेताहरूका महत्वपूर्ण योगदानलाई हामी स्वीकार गर्दछौं, जसको प्रयासले यो संक्रमण सम्भव भएको छ। यस आन्दोलनमा जीवन गुमाएका महान आत्माहरूप्रति पनि हामी श्रद्धाञ्जली अर्पण गर्दछौं।

यस संवेदनशील समयमा मुलुकको नेतृत्व ग्रहण गर्दै गर्नुभएको यो महत्वपूर्ण जिम्मेवारीमा माननीय प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना व्यक्त गर्दछौं।

नेपालका जनताको स्थायित्व, मानवअधिकार र दिगो विकासतर्फको यात्राको लागि संयुक्त राष्ट्रसंघ तपाईंको सरकारसँग, संयुक्त राष्ट्रसंघको देशीय टोलीमार्फत, सहकार्य गर्न प्रतिबद्ध रहन्छ।

संयुक्त राष्ट्रसंघ भवन, पुल्चोक, काठमाडौं, नेपाल
संयुक्त राष्ट्र संघ आवासीय समन्वयकर्ता, नेपाल

हान्ना सिंगर हाम्डी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad