राजनीति


प्रधानमन्त्री नियुक्त भइन् सुशीला कार्की

प्रधानमन्त्री नियुक्त भइन् सुशीला कार्की

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार २१:२२, काठमाडौँ

पहिलो पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन्।  

प्रधानमन्त्रीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्। 

आजै राष्ट्रपति रामचन्द्र पौडैल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीका प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद् विघटन गरेर जाने सहमति भएको थियो। 

अहिले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति भइसकेको छ। केहीबेरमा शपथ समारोह हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।  

समारोहमा सहभागी हुन् उच्चपदस्थ कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू शीतलनिवास पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad