राजनीति


जेनजीको एउटा समूहले भन्यो- कुलमान घिसिङलाई सरकार प्रमुख बनाऊँ

जेनजीको एउटा समूहले भन्यो- कुलमान घिसिङलाई सरकार प्रमुख बनाऊँ

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:४४, काठमाडौँ

जेनजी आन्दोलनभित्र फरक-फरक धार देखिन थालेका छन्। 

केही समयअघि सार्वजनिक गरिएको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको अध्यक्षका रूपमा अघि सारिएको थियो। 

तर, जेनजीकै नाममा आज सार्वजनिक अर्को विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई नयाँ सरकार प्रमुख बनाउन माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशहरु यो पदमा नियुक्त हुन योग्य मानिँदैनन्। साथै, सुशीला कार्की ७० वर्ष उमेर नाघि सक्नुभएको छ। जसकारण उहाँले जेनजी पुस्ताको प्रतिनिधित्व पनि गर्नसक्ने अवस्था छैन। त्यसैले उहाँको नाम अस्वीकृत गरिएको छ।’

त्यसैगरी विज्ञप्तिमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको नामबारे पनि स्पष्टिकरण दिइएको छ।

‘बालेन्द्र साहले अब बन्ने सरकारको प्रमुखमा रुची नदेखाएको र हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्त, इमानदार र सबैले रुचाउने इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

यसअघि मंगलबार जेनजीको एउटा समूहले भने सुशीला कार्कीको नाममा सहमति भएको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad