समाज


प्रदर्शनमा लुटेर लगेका हतियार र पोशाक फिर्ता बुझाउन प्रहरीको आग्रह

प्रदर्शनमा लुटेर लगेका हतियार र पोशाक फिर्ता बुझाउन प्रहरीको आग्रह

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:५०, काठमाडौँ

नेपाल प्रहरीले जेनजीले गरेको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, पोशाक र सवारी सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ। 

‘यही मिति २०८२ साल भाद्र २३- २५ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन हुन अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्ति जारेर भनेको छ।

त्यस्तै प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाक दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई प्रहरीले अनुरोध गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad