राजनीति


प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसक्यो, शान्तिपूर्ण समाधान खोजौँ: सुरक्षा प्रमुखहरू

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसक्यो, शान्तिपूर्ण समाधान खोजौँ: सुरक्षा प्रमुखहरू

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८२ मंगलबार १५:२९, काठमाडौँ

नेपाल सरकारका मुख्य सचिव, गृहसचिव र चारवटा सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले संयमित हुन अपिल गरेका छन्।

उनीहरूले मंगलबार एक विज्ञप्ति जारी गरी शान्तिपूर्ण समाधान खोज्न पनि अपिल गरेका छन्।

मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले विज्ञप्तिमा सही गरेका छन्।

‘हिजोदेखि काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ। यसबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् सम्बद्ध प्ररिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं,’ उनीहरूले विज्ञप्तिमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजिनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad