‘हामी नेपाल’ समूहले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।
जेनजीको प्रदर्शनमा स्वयंसेवकको काम गरिरहेको ‘हामी नेपाल’ समूहका अध्यक्ष सुदन गुरुङले भिडिओ प्रेस विज्ञप्ति जारी गर्दै मुख्य मागहरू अघि सारेका हुन्।
युवाहरुबीचको छलफलबाट तयार पारिएको माग भन्दै उनले अघि सारका मागमा प्रधानमन्त्रीको राजीनामाको अलवा प्रदेश मन्त्रीहरुको राजीनामा पनि समेटिएको छ।
त्यस्तै युवाहरूको अन्तरिम सरकार निर्माण गर्ने र हिजोको प्रदर्शनमा युवाहरूको हत्या गर्नेहरुको छानबिन गर्न समेत माग गरिएको छ।
यी मागमा कुनै पनि सम्झौता नहुने गुरुङको भनाइ छ।
यी हुन मागः
१.सरकारको (प्रधानमन्त्री)को तत्काल राजीनामा चाहियो। हाम्रो यत्रो भाइ बहिनीलाई मार्यो त्यसकारण यो सरकारमा बसिरहन यो सरकारलाई नैतिकता छैन।
२.सबै प्रदेशका मन्त्रीहरूले राजीनामा दिनुपर्यो।
३.जो-जोले हाम्रो भाइहरूलाई गोली हानेको छ। तलदेखि माथिसम्म जो-जो जिम्मेवार छ। एक-एक जनालाई कारबाही हुनुपर्यो।
४.युवाहरूको अन्तरिम सरकार निर्माण गर्ने।
Shares

प्रतिक्रिया